बीपी राजमार्गमा १५ भदौसम्म राति गाडी चलाउन रोक

बीपी राजमार्गमा १५ भदौसम्म राति गाडी चलाउन रोक



काठमाडौं । बीपी राजमार्गमा १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएका हुन् ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार १५ भदौसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको छ ।