जनकपुर। जनकपुरधाममा आयोजित मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा भन्सार राजस्व चुहावट, अवैध पैठारी र चोरी–निकासी रोक्न प्रहरीले विशेष सजग रहनुपर्ने बताएका छन्।
अपराध नियन्त्रण, अनुसन्धान र लागुऔषध नियन्त्रणमा कडाइ गर्न आग्रह गर्दै उनले भने, “मधेसमा भन्सारबाट उठ्नुपर्ने राजस्व उठेको छैन। चुहावट बढेको छ, अवैध चोरी–निकासी पैठारी बढ्दो छ। निदोर्ष मान्छे फस्ने र दोषी उम्कने गतिविधि तुरुन्त बन्द गर्नुपर्छ।”
उनले सेना राष्ट्रको रक्षक र प्रहरी तथा कर्मचारी जनताको सेवक भएको उल्लेख गर्दै जनतालाई सेवा दिने जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया