राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस



काठमाडौं । काठमाडौंमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/८२ का गतिविधिहरू समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरेको छ।

शुक्रबारको कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन हस्तान्तरण गरे।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकका रूपमा उल्लेख गर्दै मुस्लिम आयोगको जिम्मेवारी महत्वपूर्ण भएको बताए। उनले आयोगले आगामी दिनमा यो दायित्व अझ प्रभावकारी रूपमा पूरा गर्ने विश्वास व्यक्त गरे।