काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले आत्मालोचना प्रस्ताव पठाएकी छन्। शुक्रबारको सचिवालय बैठकले झाँक्रीसँग छलफल गर्ने निर्णय गरेको छ।
प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भने, “पार्टीमा आत्मालोचना प्रस्ताव पेस गर्नुभएको छ। भविष्यमा यस्ता कमजोरी नगर्ने महसुस गर्नुभएको छ। त्यसकारण उहासँग छलफल गरेर टुंग्याउने निर्णय भएको छ।”
झाँक्रीले अध्यक्ष माधवकुमार नेपालबारे दिएका अभिव्यक्तिका कारण पार्टीले स्पष्टीकरण सोधेको थियो। उनले सिनो काँधमा हालेर हिँड्न नसकिने अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण मागेको थियो।


प्रतिक्रिया