काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक भएको बताएका छन् ।
पुटिनले भने, “म ट्रम्पसँग पूर्णतया सहमत छु । युक्रेनको सुरक्षा सुनिश्चित गर्न हामी तयार छौँ ।” ट्रम्पसँगको झन्डै तीन घण्टाको वार्ता पछि आयोजित पत्रकार सम्मेलनमा छोटो प्रतिक्रिया दिँदै पुटिनले यस्तो बताएका हुन् ।
उनले थपे, “म आशा गर्छु कि हामीले सँगै गरेको सम्झौता यस लक्ष्यतर्फ नजिक पुग्न सहयोग गर्नेछ र युक्रेनमा शान्ति स्थापना गर्न मार्ग तयार गर्नेछ ।”
साथै रुसी राष्ट्रपति पुटिनले ट्रम्पसँगको अर्को भेट मस्कोमा गर्न प्रस्ताव गरेका छन् ।
पुटिनले यो प्रस्ताव अङ्ग्रेजीमा राखेका थिए, जसमा ट्रम्पले मिश्रित प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “यो प्रस्ताव विवादास्पद हुन सक्छ, तर पूर्ण रूपमा अस्वीकार भने गर्न सक्दिनँ । यो सम्भव हुन सक्छ ।”
उनले थपे, “यो रोचक प्रस्ताव हो, यसमा अलिक चुनौती आउला, तर म सम्भावना देख्छु ।”
अमेरिकाका राष्ट्रपति ट्रम्पले केही मुद्दामा कुनै सहमति नभएको तर समग्रमा कुराकानी सकारात्मक रहेको बताए ।
भेटवार्ता अलास्काको सबैभन्दा ठूलो सहर एन्कोरेजमा भएको थियो । जसमा दुवै देशका प्रतिनिधिमण्डल उपस्थित थिए ।


प्रतिक्रिया