पछिल्लो एक घण्टामा सुनसरीकाे चतरामा भारी वर्षा

पछिल्लो एक घण्टामा सुनसरीकाे चतरामा भारी वर्षा



काठमाडौं । पछिल्लो एक घण्टामा सुनसरी जिल्लास्थित सप्तकोशी चतरा वर्षा मापन केन्द्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले शिनबार बिहान एक सूचना जारी गर्दै थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्रका स–साना खोलामा पानीको बहाव अचानक बढ्न सक्ने जनाएको हो ।

विभागले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।