दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद् मातहतका पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

पूर्वाधार विकास समितिले वर्षाका कारण क्षतिग्रस्त भएका कोदारी राजमार्ग, रसुवागढी लगायतका सडकहरूको अवस्थाबारे छलफल गर्नेछ। चाडपर्व नजिकिँदै गर्दा सडक यातायात र पूर्वाधार सम्बन्धी विषय पनि बैठकको एजेन्डामा रहेको छ ।

यसै गरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।