पाल्पा। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बर्खा नसकिँदै हराउने खहरेको भेलसँग तुलना गरेका छन्।
नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले रास्वपाको राजनीतिक यात्रा लामो समय टिक्ने देखिँदैन भन्ने धारणा राखे।
उनका अनुसार, “एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ। कमिला हिँड्न थाल्छन्, रास्वपा पनि अब हराउँदै जानेछ। विरोधमा रमाएर गरिने राजनीति लामो समय टिक्दैन। बेकारमा समय खेर फालिरहेका छन्।”
पौडेलले नेपालमा रास्वपाको भविष्य नरहेको समेत बताए।
त्यस्तै उनले सरकार स्थिर रहेको उल्लेख गर्दै भने, “अहिलेको सरकार ढल्नेवाला छैन। सरकार ढल्छ भनेर सपना नदेखे हुन्छ। अस्थिरताको खोजी गर्ने दिन गयो। मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं। यही सरकारले मुलुकको भविष्य बनाउँछ। नेकपा माओवादी केन्द्रले मुलुकलाई अस्थिरतामा लैजान खोजेपछि कांग्रेस-एमाले मिलेर रोकेका हौँ।”


प्रतिक्रिया