काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको पाँच महिनाभित्र फाइव जी (५ जी) सेवा सुचारु गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कार्य सम्झौतामा सो विषय उल्लेख गरेकाले कार्यान्वयन गर्ने उनको प्रतिवद्धता छ ।
तामाङ पत्रकार संघको ३१ औं प्रसारण दिवसको अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । काठमाडौं उपत्यका र पोखरामा पहिलो पटक फाइवजी सेवा सुरु गर्ने उनले प्रष्ट पारे । प्रविधिमा अन्य मूलुक धेरै फड्को मारेकाले नेपालमा फाइवजी सेवा सुरु गर्दा अन्य मुलुकले ६ जी सेवा सुरु गरिसक्ने उनले बताए ।
नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारप्रति जिम्मेवारभन्दा पनि जनताप्रति जिम्मेवार बनाउन सार्वजनिक सेवा प्रशारण (पिएसबी) को रुपमा सञ्चालन गरिएको उनले बताए ।
गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस) को पुराना ऐनको ठाउँमा नयाँ ऐन निर्माण गरी संरचनागत सुधारको प्रयासमा मन्त्रालय लागेको उनले जानकारी दिए ।


प्रतिक्रिया