काठमाडौँ । अध्यागमन बिभागले अब पर्यटन भिसा (भिजिट भिसा)मा विदेश जाने नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नरोक्ने निर्णय गरेको छ।
अघिल्लो समयमा केही एजेन्टहरूले सेटिङको दुरुपयोग गरेर धेरै नेपालीलाई भिजिट भिसामा विदेश पठाएको खुल्दै आएको थियो। त्यसपछि बिभागले सूचना जारी गर्दै अब उपयुक्त कागजातसहितको वैध भिसा, राहदानी, हवाई टिकट र आवश्यक प्रमाण लिएर जाने यात्रुहरूलाई रोक नलगाइने जनाएको छ।
बिभागले वैदेशिक यात्रामा सुरक्षा, अपराध अनुसन्धान र मानव बेचविखन जस्ता विषयमा अनुसन्धान जारी रहने र नक्कली कागजात प्रयोग नगर्न अनुरोध गरेको छ। नियमविपरीत काम गर्नेहरूलाई प्रस्थान अनुमति नदिइ कारबाही अघि बढाइनेछ।


प्रतिक्रिया