कुवेतमा विशाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या ११ पुग्याे

कुवेतमा विशाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या ११ पुग्याे



काठमाडौं । कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ११ जना नेपालीको मृत्यु भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यका अनुसार यो संख्या शनिबारसम्मको हो ।

विशाक्त मदिरा सेवनका कारण ४० जना नेपाली बिरामी परेर अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको उनले बताए ।

बिरामीमध्ये केही गम्भीर अवस्थामा र कतिपय सामान्य अवस्थामा उपचाररत छन् ।

कुवेतमा मदिरा सेवन अवैध मानिन्छ । नेपालीहरूले विशाक्त मदिरा सेवन कसरी गरे भन्नेबारे समान्य अवस्था भएकाहरूसँग सोधपुछ गरेर बुझ्दा साथीभाइबाट मदिरा प्राप्त गरेको बताएको श्रम सहचारी आचार्यले जानकारी दिए ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथानोल मिसाएको मादक पदार्थ सेवनका कारण १६० जना आप्रवासी बिरामी भएका थिए। उनीहरूमध्ये २० जनाभन्दा धेरै आप्रवासीहरूको मृत्यु भएको छ ।