गाेरखा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशमा केही भएन भन्ने भाष्य गलत भएको बताएका छन् ।
गोरखा जेसिजको आयोजनामा आइतबारदेखि सुरु भएको जेसिज सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले युवाहरूमा सकारात्मक सोच र स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना जागृत हुनु आवश्यक रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले उमेरले पनि युवा, जाँगरले पनि युवा र केही गरौं भन्ने भावना भएका अनुशासित युवाहरूलाई समेटेर समाज रूपान्तरणको अभियानमा लाग्नु पर्ने स्पस्ट पारे । देशमा भएका युवाहरूले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग मिलेर काम गर्नाले युवाहरू विदेशिनु नपर्ने उनको भनाइ छ ।
देशमा केही भएन भन्ने युवाहरूमा नकारामक सोचहरू देखिन थालेका छन्, मुख्यमन्त्री पाण्डेले भने, “नजिकैको पालिकाबाट सदरमुकाम आउन ५ घण्टा लाग्थ्यो, अहिले घर आँगनबाट गाडी चढेर आधा घण्टामा सदरमुकाम आउन पाइन्छ, यो विकास होइन ?”


प्रतिक्रिया