विवादैविवादमा मुछिएका मन्त्री खड्काको अख्तियारमाथि आक्रोश

विवादैविवादमा मुछिएका मन्त्री खड्काको अख्तियारमाथि आक्रोश



काठमाडौं । विवादमा परिरहेका ऊर्जा मन्त्री दीपक खड्काले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्।

नेपाल विद्युत् प्राधिकरणको वार्षिकोत्सवमा उनले भने– “अनि अख्तियारमा चिठी पठाएको भरमा चुप लाग्छ जस्तो लाग्छ तपाईंलाई? अख्तियारलाई हामीले चिन्या छेन? गजब छ बा! ती निकाय त हामीले नै बनाएका हौं।”

डेडिकेटेड लाइन बक्यौता असुलीसम्बन्धी फाइल अख्तियारले मागेपछि मन्त्रीले यस्तो चेतावनी दिएका हुन्। उनी व्यापारीसँग मिलेर बक्यौता नउठाउनेतर्फ लागेको आरोप छ।

यसबाहेक, कुलमान घिसिङलाई हटाउने निर्णयदेखि लिएर जगदुल्ला जलविद्युत् ठेक्का, सिँचाइ आयोजना सरुवा र नेपाल स्काउटको जग्गा प्रकरणसम्म मन्त्री खड्का विभिन्न विवादमा मुछिँदै आएका छन्।