नेपालमा वाम एकता बलियो सम्भावना देख्दिनँ : पूर्वराष्ट्रपति भण्डारी

नेपालमा वाम एकता बलियो सम्भावना देख्दिनँ : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता सम्भव नरहेको बताएकी छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा भण्डारीले आफूले वाम एकताको सम्भावना बलियो नदेखेको बताइन्।

सञ्चारकर्मीले वाम एकताबारे सोध्दा उनले भनिन्,
“नेपालमा यति धेरै वामपन्थी पार्टीहरू छन्। सम्भावना नै छैन भनेर भन्न पनि मिल्दैन। तर, सम्भावना म त्यति बलियो देख्दिनँ।”

अर्को प्रसंगमा उनले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँगको भेटलाई हाउगुजीको रूपमा नलिनुपर्ने स्पष्ट पारेकी छिन्। उनले भनिन,
“शेखर कोइरालासँग मेरो भेट भएको हो। उहाँ मोरङ विराटनगरको हो। हामी पनि यतै जन्मेर हुर्केको हो। उहाँसँगको भेटलाई एकदमै ठूलो हाउगुजीका रूपमा लिनुपर्ने म ठान्दिनँ।”

भण्डारीले त्यहाँ देशमा देखिएका समस्याको समाधानबारे कोइरालासँग छलफल भएको जिकिर पनि गरिन्।