काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाली सेनालाई उपहार दिएका छन्।
नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका मिस्रीले ६ वटा स्ट्राइकिङ भेइकल, ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर, ५ वटा सैनिक घोडा र केही स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
सामग्री हस्तान्तरण गर्नु अघि मिस्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए। जंगीअड्डाका स्रोतका अनुसार भेटका क्रममा दुईपक्षीय पारस्परिक हितका विषयमा छलफल भएको थियो।
विदेशसचिव मिस्री प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निम्तो लिएर आइतबार काठमाडौं आएका थिए। उनले भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, र विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्।
उनको दुई दिने भ्रमण आज दिउँसो सकिएपछि स्वदेश फर्कने कार्यतालिका रहेको छ।


प्रतिक्रिया