काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८४ को चुनावमा एकल बहुमत ल्याउने लक्ष्यसहित पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन्।
आज पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रममा सम्बोधन गर्दै उनले पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने भाष्यलाई चिर्दै क्रियाशील हुन निर्देशन दिएका छन्।
देउवाले भने, “पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने यस्ता भाष्यलाई चिर्दै हामी शक्ति र क्रियाशील हुन आवश्यक छ। पार्टीका शुभेच्छुक संस्थाहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी चुनावमा बहुमत ल्याई कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सबै एकताबद्ध भएर अघि बढ्न आवश्यक छ।”
उनले मुलुकको सबैभन्दा ठूलो दल कांग्रेस नै रहेको र आगामी दिनमा पनि सबै मिलेर कांग्रेसलाई नै बनाइराख्नुपर्ने भने।


प्रतिक्रिया