उपेन्द्र यादव र रञ्जिता श्रेष्ठ विपक्षी छलफलमा अनुपस्थित

उपेन्द्र यादव र रञ्जिता श्रेष्ठ विपक्षी छलफलमा अनुपस्थित



काठमाडौँ । सिंहदरबारमा बसेको विपक्षी दलको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अनुपस्थित भए।

बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आमजनता पार्टी र नेसपाका महेन्द्र यादव सहभागी भए। विपक्षी दलहरूले नेपाली कांग्रेस र एमालेले संकलन गरेको हस्ताक्षरपछि रणनीति बनाउन छलफल गरेका हुन्।

उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग प्रस्ताव ल्याउने तयारी स्वरूप हस्ताक्षर संकलन गरिएको विपक्षी नेताहरूले बताएका छन्।