पाँचबुँदे माग राख्दै निजी विद्यालय सञ्चालकद्वारा सडक आन्दोलन घोषणा

पाँचबुँदे माग राख्दै निजी विद्यालय सञ्चालकद्वारा सडक आन्दोलन घोषणा



काठमाडौं । शिक्षा विधेयकमा पाँचबुँदे माग राख्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन् ।

नेशनल प्याब्सन र प्याब्सनले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै भोलि (बिहीबार)देखि सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

सङ्घीय संसदबाट पारित गर्न लागिएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा आफनो मागहरू सम्बोधन नभएपछि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना आएको उनीहरूको भनाइ छ ।