रास्वपा सभापति लामिछानेलाई भेट्न प्रचण्ड नख्खु कारागार जाँदै

रास्वपा सभापति लामिछानेलाई भेट्न प्रचण्ड नख्खु कारागार जाँदै



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार साँझ ६ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन्।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्डको यो भेट कार्यसूची तय गरिएको हो।

सहकारी ठगी आरोपमा भैरहवा कारागारमा रहेका लामिछानेलाई गत शनिबार ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गरिएको थियो।