काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै विरोध जनाएको छ ।
आज बिहान ११ बजेदेखि देशभरका निजी तथा आवासीय विद्यालयका गाडी चोकचोकमा ल्याएर उनीहरूले विरोध जनाएका छन् । उनीहरूले काठमाडौं उपत्यकाभित्र २७ किलोमिटरको चक्रपथ वरिपरि परिक्रमा गराएका छन् । उनीहरूले दिउँसो माइतीघरमा जम्मा भएर विरोध प्रदर्शनसमेत गरेका छन् ।
निजी विद्यालयले ३ प्रतिशत विद्यार्थीलाई आवासीय सुविधासहित छात्रवृद्धि उपलब्ध गराउने, निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने प्रावधानसहित विद्यालय शिक्षा विधेयक हिजो समितिले बहुमतले पारित गरेको थियो ।


प्रतिक्रिया