सत्ता गठबन्धनलाई पराजित गर्दै एनएमएकाे अध्यक्षमा माओवादी-रास्वपा गठबन्धनका शेर्पा निर्वाचित

सत्ता गठबन्धनलाई पराजित गर्दै एनएमएकाे अध्यक्षमा माओवादी-रास्वपा गठबन्धनका शेर्पा निर्वाचित



काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । शेर्पा ३४२ मत ल्याउँदा गुरुङ २८८ मत ल्याए ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेलले ३४५ मत ल्याएर विजयी भएका छन् ।

प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा विजयी भए ।

कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाकाे बराबरी मत आएको छ । उनीहरूबिच कार्यकाल आधाआधा गर्ने सहमति भएको छ ।

अध्यक्ष
फुर गेल्जे शेर्पा: ३४२ (विजयी)

कुल बहादुर गुरुङ: २८८

वरिष्ठ उपाध्यक्ष
ईश्वरी पौडेल: ३४५ (विजयी)

टिका गुरुङ: २५८

प्रथम उपाध्यक्ष
काजी शेर्पा: २५६

मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)

द्वितीय उपाध्यक्ष
बोध राज भण्डारी: ३६८ (विजयी)

धन बहादुर गुरुङ:२३८

महासचिव
राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)

विमल नहर्की: २०९

शिव सापकोटा: ६८

सचिव
चन्दन थापा: ३५८ (विजयी)

ङिमा दिकी शेर्पा: २४४

कोषाध्यक्ष

ङिमा नुर्बु शेर्पा: ३०४

सुमी लामा: ३०४

(आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति )

सदस्य:
माधवकुमार धमला: २७८

केदार न्यौपाने: ३०२

थुप्देन शेर्पा: ३२६

गोकुल थापा: २८८

मुलाल गुरुङ: ३५१

देण्डी शेर्पा: ३११

विक्रम कार्की: ३०६

रिञ्जे शेर्पा: ३०१

देवेन्द्र डंगोल: २९५

दिकी शेर्पा: २८८

निशा भोटे: ३०७