गत वर्ष महँगी ४.०६ प्रतिशतमा सीमित

गत वर्ष महँगी ४.०६ प्रतिशतमा सीमित



काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.०६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकअनुसार, अघिल्लो वर्षको तुलनामा महँगी कम हो ।

सरकारले बजेटमार्फत ५.५ प्रतिशत महँगी कायम रहने अनुमान गरेको थियो । तर, मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले महँगीलाई ५ प्रतिशतको हाराहारीमा राखेर मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने लक्ष्य राखेको थियो । अघिल्लो आर्थिक वर्ष महँगी ५.४४ प्रतिशत थियो ।

०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता महँगी २.२० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ०८१ असार महिनामा यस्तो महँगी ३.५७ प्रतिशत रहेको थियो ।