कैलाली । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै पहिलो बन्न सफल भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजाअनुसार घोडाघोडी पहिलो भएको हो । घोडाघोडीले ८५ दशमलव ५० अङ्क पाएको छ ।
योसँगै घोडाघोडी कैलाली जिल्लामा दोस्रो पटक प्रथम भएको छ । आर्थिक वर्ष २०७९/८० मा पनि घोडाघोडी ८३ दशमलव ५० अङ्कसहित जिल्लामा प्रथम भएको थियो ।


प्रतिक्रिया