काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमसीसी सम्झौताबारे गम्भीर टिप्पणी गर्दै देशप्रति नेताहरूले गरेको “भयानक घात” को आरोप लगाएका छन्।
नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको बताए।
खनालले भने, ‘१३ वटा दस्तावेज त मैले पनि पढेको छु। हरेकमा अमेरिकी स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन । प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नुपर्यो, यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो। सामान्य घात होइन। यो कुरा ती नेताहरूले हेरेका पनि छैनन् ।’
खनालले एमसीसी सम्झौतालाई सत्ताधारीहरूको चलखेलको विषय बनाइएको उल्लेख गर्दै थपे, ‘उहाँ एकाध व्यक्तिको लहड, उनीहरूको निजी स्वार्थ, गुटको स्वार्थको आधारमा हुने गरेका छन्। हामीले यो परिपाटीलाई बदल्नुपर्नेछ। अब एमसीसीजस्तै अर्को गल्ती गर्ने नजिर बनाउन हुँदैन ।’


प्रतिक्रिया