लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भन्दै नेविसंघको प्रदर्शन

लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भन्दै नेविसंघको प्रदर्शन



काठमाडाैं । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

‘इतिहास, नक्सा, संविधान- लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’ भन्दै नेविसंघ केन्द्रीय समितिले सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

भारत र चीनबीच हालै व्यापार सम्झौता भएपछि नेपालको लिपुलेक, लिम्पियाधुरा क्षेत्रबारे फेरि चर्चा भइरहेको छ । नेपालले कूटनीतिक माध्यमबाट नै यस विषयमा भारतसँग कुरा गरिने बताइरहेको छ ।