एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ

एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ



काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन्।

विद्युतीय अपराधसम्बन्धी उजुरीको आधारमा काठमाडौं जिल्ला अदालतले बुधबार महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अदालतमा लगेको छ।

महरविरुद्ध साइबर ब्यूरो, भोटाहिटीमा चरित्रहत्या र गालीबेइज्जती सम्बन्धी उजुरी परेको थियो। पीडितले हुलाकमार्फत उजुरी दिएका थिए र त्यसैको आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ।