नेपाल हुँदै आतंकवादी भारत छिरेकाे भन्दै बिहारमा हाईअलर्ट

नेपाल हुँदै आतंकवादी भारत छिरेकाे भन्दै बिहारमा हाईअलर्ट



काठमाडौं । नेपाल हुँदै जैश–ए–मोहम्मदका तीन संदिग्ध सदस्य भारत प्रवेश गरेका भन्दै बिहार प्रहरीले उच्च सतर्कता (हाईअलर्ट) अपनाएको भारतीय मिडियाले जनाएका छन् ।

नेपाल हुँदै भारत प्रवेश गर्ने जैश–ए–मोहम्मदका तीन सदस्यमा पाकिस्तानको रावलपिंडीका हसनैन अली, उमरकोटका आदिल हुसेन र बहावलपुरका मोहम्मद उस्मान रहेका त्यहाँका मिडियाले उल्लेख गरेका छन् ।

जैश–ए–मोहम्मद भारतले आतंकवादी घोषणा गर्दै प्रतिबन्ध लगाएको संगठन हो । पाकिस्तानबाट नेपाल हुँदै उक्त संगठनका तीन सदस्य प्रवेश गरेका सूचनापछि बिहार प्रहरीले उच्च सतर्कता अपनाएको जनाइएको छ ।

बिहार प्रहरी मुख्यालयले नेपाल हुँदै भारत प्रवेश गरेका भनिएका ती तीनजनाको स्केच पनि जारी गरेको छ । बिहार प्रहरीलाई उद्धृत गर्दै एनडीटीभीले उनीहरू अगस्टको दोस्रो साता नेपालको राजधानी काठमाडौं आइपुगेका र गएको सात बिहारमा प्रवेश गरेका जनाएको छ ।