काठमाडौं । युरोपेली संघको कार्यकारी आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनले जुलाईपछि कीभमा भएको रूसको सबैभन्दा घातक हमलाप्रति आफ्नो आक्रोश व्यक्त गरेकी छन् । उनले रूसले युक्रेनी नागरिकहरूको अन्धाधुन्ध हत्या गरिरहेको बताएकी छन् ।
उक्त हमलाले युक्रेनको राजधानीमा रहेको ईयूको प्रतिनिधिमण्डलको कार्यालयमा समेत क्षति पुर्याएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार सो बमबारीमा चार बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ । थुप्रै व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ ।
एउटा पाँचतले आवासीय भवन पूर्णरूपमा ध्वस्त भएको छ । ईयू मिसन तथा नजिकैको ब्रिटिस काउन्सिलमा क्षति पुगेको छ ।
कडा शब्दको वक्तव्यमा भोन डेर लेयनले दुईवटा क्षेप्यास्त्र प्रतिनिधिमण्डलको कार्यालयबाट ५० मिटरको दुरीमा प्रहार गरिएका थिए ।
रूसले लगभग ६०० ड्रोन र ३० भन्दा बढी ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी सेनाले बताएको छ । यो जुन महिनायताकै राजधानीमा भएको सबैभन्दा ठूलो हमला हो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई कडा जवाफ दिने बताएका छन् । “मस्कोले वार्ताको टेबलको सट्टा ब्यालिस्टिक्स रोजेको छ,” युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने । उनले रूसमाथि नयाँ र कडा प्रतिबन्धहरूको आवश्यकतालाई पुनः दोर्याएका छन् ।


प्रतिक्रिया