काठमाडौं । बीपी राजमार्गमा भदौ मसान्तसम्मका लागि राति यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।
आइतबार जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले भदौ मसान्तसम्मै राति ६:३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार गत वर्षको वर्षातले बनाएको क्षतबिक्षत विपी राजमार्गमा, कमजोर भौगोलिक अवस्था र मनसुन अझै कायम रहेको हुँदा भदौ मसान्तसम्मै राती सवारी साधन सञ्चालन गर्न नपाइने निर्णय गरेकाे हाे ।
काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने निजी तथा सार्वजनिक सवारी साधनलाई साँझ ५ देखि बिहान ५ बजेसम्म रोक लगाउनले निर्णय भएको हो ।


प्रतिक्रिया