सामाजिक सञ्जाल बन्दको विरोध गर्दा पक्राउ परेका ५ जना रिहा

सामाजिक सञ्जाल बन्दको विरोध गर्दा पक्राउ परेका ५ जना रिहा



काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोध गर्दा पक्राउ परेका ५ पाँच जनालाई प्रहरीले रिहा गरेकाे छ । शनिबार दिउँसो बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सरकारले बिहीबार रातिदेखि लागू हुने गरी फेसबुक, एक्स, लगायत २५ वटा सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नआएको भन्दै बन्द गर्ने निर्णय गरेको छ । सो निर्णयको विरोधमा काठमाडौंको बानेश्वरमा शनिबार युवाहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्दा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ५ युवालाई नियन्त्रणमा लिएको थियो । ती पाँचै युवालाई छाडिसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि अहिले नेपालमा दर्ता भएका भाइबर, टिकटक लगायत सामाजिक सञ्जाल मात्रै सञ्चालनमा छन् ।