पाँच प्रदेशमा भारी वर्षाकाे सम्भावना

पाँच प्रदेशमा भारी वर्षाकाे सम्भावना



काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका विभिन्न स्थानमा आज पनि वर्षा हुनेछ । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । मध्यमदेखि भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।