मृत भेटिएका ६ जना आफ्ना कर्मचारी नभएको भाटभटेनीकाे पुष्टि

मृत भेटिएका ६ जना आफ्ना कर्मचारी नभएको भाटभटेनीकाे पुष्टि



काठमाडौं । काठमाडौं महानगरपालिका-७ बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा मृत भेटिएका ६ जना त्यहाँका कर्मचारी नभएको पुष्टि भएको छ ।

भाटभटेनी सुपर मार्केट एन्ड डिपोर्टमेन्टस स्टोरकी शाखा प्रबन्धक कमला दाहालले विज्ञप्ति प्रकाशन गरेर मृत व्यक्तिहरू आफ्ना कर्मचारी तथा कामदार नभएको बताएकी छन् ।

भदौ २९ मा भाटभटेनीको बौद्ध शाखामा ६ जनाको शव पूर्णरुपमा जलेको अवस्थामा भेटिएको थियो ।