सञ्चारमन्त्रीमा केशव नेपालको चर्चा

सञ्चारमन्त्रीमा केशव नेपालको चर्चा



काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कस्लाई कुन मन्त्री बनउने भन्ने बिषयमा घनिभुत छलफल चलिरहेको छ ।

नेपालकी पहिलो प्रधानन्यायाधीश कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । उनले आफ्नो मन्त्रिपरिषदमा दक्ष व्यक्ति ल्याउन चाहेकी छिन् ।

अहिलेसम्म तीन जनामात्र मन्त्री उनले थपेकी छिन् । जसमा रामेश्वर खनाल, कुलमान घिसिङ र ‌ओमप्रकाश अर्यालले आफ्नो क्षेत्रको मन्त्रालय सम्हालेका छन् ।

यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा केशव नेपालको नाम चर्चामा रहेको छ । उनी बाहिरी दुनियाँको भन्दा आफ्नो क्षेत्रका उत्कृष्ट व्यक्ति हुन् । उनी सूचना प्रविधिका विशेषज्ञको रूपमा चिनिन्छन् ।

वर्ल्डलिंक कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)नेपाललाई डिजिटल नेपालको सपनाका साक्षात्कारी नायकका रूपमा त्यो क्षेत्रका मानिसहरूले चिन्ने गरेका छन् ।

नेपालको योगदान केवल व्यावसायिक सफलतामा मात्र सीमित छैन । उनी डिजिटल नेपालको सपनालाई साकार पार्ने अग्रणी हस्ताक्षर हुन् ।

नेपालभर इन्टरनेट सस्तो र सुलभ बनाउन उनले “लुम्बिनी नेट” नामक कम्पनी स्थापना गरे । लुम्बिनी नेटको प्रभावशाली वृद्धिले गर्दा वर्ल्डलिंक र लुम्बिनी नेट एकआपसमा गाभिए र संक्रमणकालमा केशव वर्ल्डलिंक कम्युनिकेसनको सीईओ बनेका थिए ।