सेयर बजारमा लाग्याे नेगेटिभ सर्किट ब्रेक

सेयर बजारमा लाग्याे नेगेटिभ सर्किट ब्रेक



काठमाडौं । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । अब २० मिनेटपछि कारोबार पुन खुल्नेछ ।

सर्किट ब्रेक लाग्दा १०७ अंकले नेप्से घटेर २५६५ मा कायम भएको छ ।

कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४ प्रतिशतभन्दा धेरै बजार घटेमा वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सोअनुसार बिहीबार बजार घटेपछि सर्किट ब्रेक लागेको हो ।