मुग्लिन–नारायणगढ सडक ४६ घण्टापछि सञ्चालन

मुग्लिन–नारायणगढ सडक ४६ घण्टापछि सञ्चालन



चितवन । पहिरोको कारण तीन दिनदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड केहीबेर अघिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

शुक्रबार साँझबाट अवरुद्ध भएको सडक पहिरो पन्छाएर ४६ घण्टापछि सञ्चालनमा आएको हो ।

दुवै तर्फबाट डोजरले पहिरो पन्छाएपछि केही बेरबाट एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।