काठमाडौं । धादिङको बेनिघाट बाँदरेमोडमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक बन्द भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा खसेको सुक्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ ।
नागढुंगा– मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने बताए । उनका अनुसार आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम छ ।
नारायणगढ–मुग्लिन सडकमा भने नियमित रूपमा गाडी सञ्चालन भैरहेको छ । तुइनखोलामा पहिरो खस्दा शुक्रवारदेखि बन्द सडक अस्ती आइतवारदेखि एकतर्फी खुलाइएको थियो । हिजो बेलुकीदेखि भने सडक दुईतर्फी नै सञ्चालन भैरहेको मुग्लिन प्रहरीले जनाएको छ ।


प्रतिक्रिया