काठमाडौं । धादिङको जवाङखोला नजिकै सुक्खा पहिरोले अवरुद्ध सडक खुलेको छ । बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा झरेको पहिरो पन्छाएपछि नागढुङ्गा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
सडक अवरुद्ध हुँदा गाडीको लामो लाइन लागेको थियो । यात्रु अलपत्र परेका थिए । अहिले सडक दुईतर्फी नै खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य सडकमा लगातारजसो पहिरो खस्ने समस्याले मुख्य चाडपर्वको यो बेला यात्रुले सास्ती पाएका छन् । दशैँ मनाउन घरतर्फ लागेका र काम विशेषले हिँडेका यात्रु बीचबाटोमै अलपत्र पर्ने गरेका छन् ।


प्रतिक्रिया