जनगुनासो सुन्न सञ्चारमन्त्री खरेलले स्थापना गरे ‘सुझाव बैंक’

जनगुनासो सुन्न सञ्चारमन्त्री खरेलले स्थापना गरे ‘सुझाव बैंक’



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुझाव बैंक स्थापना गरेका छन् । उनले जनताको आवाज सुन्ने र त्यसलाई प्राथमिकतामा राख्ने संस्कार विकास गर्न आवश्यक रहेको बताएका छन् ।

‘मैले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बुझेँ– मन्त्रालयले जनताको आवाज सुन्ने र त्यसलाई प्राथमिकतामा राख्ने संस्कार विकास गर्न आवश्यक छ,’ उनले भने, ‘त्यसैले मैले तपाईंहरूका समस्या, सुझाव र सल्लाह संकलन गर्न ‘सुझाव बैंक’ स्थापना गरेको छु ।’

उनले आफू सकेसम्म धेरै जनासँग भेटघाट गर्ने र समस्या सुन्ने र ग्रहण गर्ने योजनामा रहेको पनि बताएका छन् । निर्वाचन गराउने, सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सरकारका प्रमुख प्राथमिकता भएकोले कतिपय अवस्थामा समय अभावका कारण भेटघाट असम्भव हुने मन्त्री खरेलले बताएका छन् ।

सल्लाह इमेल ठेगाना [email protected] र ह्वाट्सएप नं ९८५१४१०१०१ दिन सकिनेछ ।