काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हल्का वर्षाको सम्भावना रहेको छ । मनसुन प्रणाली र स्थानीय वायुको प्रभाव कमजोर हुँदा धेरै स्थानमा मौसम सफा हुनेछ । वर्षा हुने स्थानमा पनि हल्का वर्षा मात्रै हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ । बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको विभागले बताएको छ ।

प्रतिक्रिया