निकोलश भुसालले गाँजा खाएको पाइएपछि सुधार केन्द्र पठाउने गरी परिवारको जिम्मा

निकोलश भुसालले गाँजा खाएको पाइएपछि सुधार केन्द्र पठाउने गरी परिवारको जिम्मा



काठमाडौं । काठमाडौंको माइतीघरमा हिजो भएको प्रदर्शनमा सहभागी रहेका डा. निकोलश भुसालले गाँजा खाएको पाइएपछि सुधार केन्द्र पठाउने शर्तमा परिवारको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भुसालको स्वास्थ्य परीक्षण गर्दा लागुऔषध गाँजा खाएको पाइएपछि सुधार केन्द्र लैजाने शर्तमा परिवारको जिम्मा लगाइएको जानकारी दिए ।

प्रदर्शनका क्रममा हिजो ४४ जना पक्राउ परेका र उनीहरुलाई छाड्न आवश्यक प्रक्रिया भैरहेको पनि उनले बताए ।