कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई



काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज बसेकाे केन्द्रीय कार्यसमितिकाे बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

आजकाे बैठकको शुरुआतमा सभापति देउवाले सम्बोधन गरेपछि बैठक यही असोज ३० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

सभापति देउवाले ‘जेनजी’ प्रदर्शनपछि गरिएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोतान्त्रिक भनेका छन् ।

“संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ,” सभापति देउवाले भने ।

देशको वर्तमान विषम परिस्थितिमा कांग्रेसले आफूलाई एकताबद्ध, संगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान् अरू राजनीतिक दलसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको उनले औँल्याएका छन् ।