काठमाडौं । काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौंकाे नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’ गरेका छन् । दुलालले आफ्नो विशेष कलासहित आवाज प्रस्तुत गर्दै कागलाई आकर्षित गरे ।
आज बिहान पौने ६ बजे शुरु भएको कार्यक्रममा उनले कागको आवाज निकालेर काग भेला गरेका थिए । दुलालले कागसहित एक सय ७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्न सक्छन् ।
उनले विगतका वर्षमा रत्नपार्कको शान्ति बाटिका, विमानस्थल परिसरलगायत क्षेत्रमा ‘काग सम्मेलन’ गर्दै आएका थिए । काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भएको उनले बताए ।


प्रतिक्रिया