धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक भेटिए

धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक भेटिए



म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन् ।

धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा अस्ति शुक्रवार रातिदेखि हराएका एक जना नेपाली पथप्रर्दशक र एक जना जर्मनका पर्यटक सम्पर्कमा आएको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जर्मनका नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पा घरपझोङ गाउँपालिका–३ स्याङमा आइपुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो । रातमा बाटो बिराएर हराएको उनीहरुले बताएका छन् ।