काठमाडाैं । आज रातिदेखि बुधबार बिहानसम्म देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आगामी ३ दिन देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज मौसम सम्बन्धी विशेष बुलेटिन जारी गर्दै बुधबार बिहानसम्म विशेषगरी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
मौसम प्रणालीको प्रभावले आज रातीदेखि १२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया