काठमाडौं । काठमाडौंको सुविधानगरस्थित एक होस्टेलबाट प्रहरीले प्रयोग गर्ने हतकडी र लौरो बरामद गरिएको छ ।
आइतबार दिउँसो काठमाडौं महानगरपालिका–३२, सुविधानगरस्थित सम्पदा ब्वाइज होस्टेलबाट हतकडी र लौरो बरामद गरिएको प्रहरीले जनाएको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा लुटिएका हतियार र पोसाक उक्त होस्टेलमा रहेको सूचनाका आधारमा प्रहरीले ‘अपरेसन’ चलाएको थियो । सोही सूचनाका आधारमा खानतलासी गर्दा हतकडी र लौरो बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया