बैतडी । भिरबाट लडेर तीन जनाको ज्यान गएको छ । मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
हिजो शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि खोजी गर्दा आज शव भेटिएको हो । इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै घाँस काट्न गएर हिजोदेखि हराइरहनुभएकी कार्कीको खोजी गर्दा भिरबाट लडेको अवस्थामा शव भेटिएको र तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


प्रतिक्रिया