बयानका लागि रवि लामिछानेलाई ल्याइयो सिंहदरबार

बयानका लागि रवि लामिछानेलाई ल्याइयो सिंहदरबार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएको छ ।

सहकारी ठगी तथा सम्पत्ति शुद्धिकरण मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारामा थुनामा रहेका रवि लामिछानेलाई बयानका लागि आज दिउँसो सिंहदरबार ल्याइएको हो । उनीलाई नख्खु जेल प्रकरणमा बयानका लागि जेन–जी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले बोलाएको हो ।

लामिछाने गत २४ भदौमा जेन–जी आन्दोलनको मौका समातेर जेलबाट भागेर घर फर्किएका थिए । उनी भागेपछि जेन–जी समूहले कारागारमा तोडफोड र आगजनी गरेको थियो । त्यस दिन कारागारमा भएको घटनाबारे आयोगका सदस्यले रविलाई प्रश्न गर्नेछन् ।