हिरासतबाट भागेका जिबी राईका जेठान पुनः पक्राउ

हिरासतबाट भागेका जिबी राईका जेठान पुनः पक्राउ



काठमाडौं । काठमाडौंकाे कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पुनः पक्राउ परेका छन् ।

जेनजी आन्दोलन क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका बम बम्जनलाई शुक्रबार परिसरकै टोलीले पक्राउ गरेको हो ।

सिन्धुली दुधौली नगरपालिका-७ घर भएका बम्जन गोर्खा मिडियाका सञ्चालक जिबी राईका जेठान हुन् । भद‍ौ दोस्रो साता पक्राउ परेका उनीमाथि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको थियो ।

बमजनले नै जिबीलाई कास्कीको सूर्यदर्शन सहकारीको अध्यक्ष बनाएका थिए ।

बमजनको कम्पनी र सहकारीमा काम गर्न थालेपछि जिबी राईका उनका बहिनी भगवती बमजनसँग दोस्रो विवाह गरेका थिए । भगवती पनि अहिले जिबी राईसँगै सहकारी ठगी अभियोगमा फरार छिन् ।

ज्ञानबहादुर सूर्यदर्शन सहकारी ठगी प्रकरणका पनि आरोपी हुन् । कास्की जिल्ला अदालतले उनलाई १० लाख धरौटीमा रिहा गरेको थियो ।