काठमाडौं । सिन्धुपाल्चोक हेलम्बुका स्थानीयले पाँच दिनदेखि मेलम्चीको पानी काठमाडौं उपत्यका पथान्तरणमा रोक लगाएका छन् ।
आफ्ना मागहरू पूरा नभएको भन्दै हेलम्बु गाउँपालिकाका स्थानीयले पानी पथान्तरणमा रोक लगाएका हुन् ।
०८१ असोज २३ गते स्थानीय बाढीपीडित संघर्ष समिति र तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयका सचिव प्रमिला देवीबीच १० बुँदे सहमति भएको थियो ।
नेपाली कांग्रेस हेलम्बुका सचिव राजकुमार भण्डारीका अनुसार यसै विषयमा आज खानेपानी मन्त्रालयमा वार्ता हुँदैछ ।
“आज वार्ता हुँदैछ । यसअघि पटक-पटक भएका सम्झौता पूरा नभएको विरोधमा पानी बन्द गर्न बाध्य भएका हौँ । पहिले गाउँपालिकासहित सहमति भएको थियो । तर, अहिले पानी बन्द गर्नुमा गाउँपालिकाको कुनै संलग्नता छैन,” उनले भने ।


प्रतिक्रिया