दार्चुला । दार्चुलामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा सदरमुकाम खलङ्गा लगायतका ठाउँहरूमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्सिनाका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वर आसपासको डाँडालाई केन्द्रविन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
उक्त भूकम्प सानो भएकाले कुनै किसिमको क्षति पुर्याउन नसक्ने उहाँले बताउनुभयो । भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकाम खलङ्गाबाट ७२ किलोमिटर दक्षिणमा पर्दछ ।


प्रतिक्रिया